श्रीलङ्काली सेनाद्वारा २५ भारतीय माझी पक्राउ


२०८२ फाल्गुण ४ सोमबार १६:५१ बजे

काठमाडौँ : श्रीलङ्काली सेनाले सोमबार २५ जना भारतीय माझीहरूलाई श्रीलङ्काको जाफ्नाको कान्केसन्थुराईमा इलाकामा  अवैध रुपमा माछा मारेको आरोपमा पक्राउ गरेको नौसेनाले जनाएको छ । 

सेनाका अनुसार माछा मार्नेहरू आइतबार राति श्रीलङ्काको उक्त क्षेत्रमा प्रवेश गरेका थिए, भने उनीहरुको साथबाट दुई वटा यान्त्रिक डुङ्गाहरू पनि जफत गरिएको थियो ।

थप अनुसन्धानका लागि पक्राउ परेका माझिहरुलाई मत्स्यपालन तथा जलीय स्रोत विभागलाई हस्तान्तरण गरिने सेनाले जनाएको छ ।

स्थानीय माझीहरूको जीविकोपार्जनमा अवैधरुपमा माछा मार्ने अभ्यासले परेको प्रभावलाई उद्धृत गर्दै सेनाले विदेशी जहाजहरूद्वारा अवैधरुपमा माछा मार्ने कार्यलाइ रोक्न नियमित गस्ती र अपरेसनहरू जारी राखेको बताएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७