विप्लवको टिप्पणी : प्रचण्ड नेतृत्वको नेकपा कम्युनिस्ट आन्दोलनको कुरूप चित्र
काठमाडौँ : नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई कम्युनिस्ट आन्दोलनको कुरूप चित्रको संज्ञा दिएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो पार्टीको केन्द्रीय समितिको आकारले सिङ्गो कम्युनिस्ट आन्दोलन बदनाम भएको जिकिर गरे ।
महासचिव विप्लवले समाजवादी मोर्चामार्फत सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरेर अघि बढाउने सहमतिबाट भागेर प्रचण्डले उक्त पार्टी गठन गरेको आरोप लगाए ।
उनले धेरै मानिस जम्मा गरेर कम्युनिस्ट पार्टी ठूलो हुन्छ भन्ने मान्यतामा विश्वास गर्नेहरूसँग आफूहरूको एकता सम्भव नहुने पनि स्पष्ट पारे।
.gif)

.png)

