ओलीप्रति सुरेन्द्र मानन्धरको कटाक्ष : नेतृत्वको नालायकीले कम्युनिस्ट आन्दोलन दुर्घटनातर्फ


२०८२ मङ्सिर २४ बुधबार १३:४० बजे

काठमाडौं : नेकपा (एमाले) का केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिएका कार्यकर्ता पाखामा परेको बताएका छन् । उनले पार्टी निर्माणमा योगदन गर्नेहरू पाखा परिँदा एमाले अहिलेको संकटमा पुगेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उनले राम्रा र नराम्रा कामको जस र अपजस दुबै ओलीले लिनुपर्ने बताए ।

मानन्धरले आन्दोलन र पार्टी नेतृत्व दुबै सच्याउन केन्द्रीय किमिटीमै लिखित रूपमा प्रस्ताव दर्ज गरेको जानकारी दिँदै पार्टी र आन्दोलन फरक कित्तामा पुगेको बताए ।

उनले एमालेमा युवा संगठन भए पनि युवा नभएको, किसान संगठन रहेको तर किसान एमालेसँग नभएको बताए । नेतृत्वको नालायकिको कारण कम्युनिष्ट आन्दोलन दुर्घटनाको शिकार भएको बताए ।

उनले देश अफ्ठेरोमा परिरहेको समयमा नेतृत्व नातामा रूमलिएको भन्दै जुन वर्गका लागि काम गर्नुपर्ने भो त्यो हुन नसकेको बताए । पार्टीमा सामूहिकता हराएको बतउँदै मानन्धरले एउटा समूह अहिले पनि महाधिवेशनमा भाँडभैलो गर्ने गरी तयारी गरिरहेको बताए । 

राजनीतिक दल सम्बन्धी ऐनलाई नै व्यवस्थित गरेर दलहरूलाई प्रभावारी बनाउनुपर्नेमा जोड दिँदै उनले दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७