सुर्खेतमा सबै भन्दा धेरै वर्षा, बाहिरियो मौसमी प्रणाली


२०८२ माघ १५ बिहीबार ०७:१२ बजे
फाइल तस्बिर

काठमाडौंः बुधवार काठमाडौँ लगायत नेपालभर वर्षा भएको छ, यस मध्ये सबै भन्दा धेरै सुर्खेतमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको प्रभाव सुदूरपश्चिममा बढी र जति पूर्व सर्‍यो त्यति कम परेको थियो । त्यसैले वर्षा पनि पश्चिम नेपालमै बढी भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर पानी परेको रेकर्ड छ । त्यसपछि रुकुमको सेरा गाउँमा ३८ मिलिमिटर वर्षा भएको छ ।

यसै गरी बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, मनाङमा ३२.४, जाजरकोटमा ३३, डोल्पामा ३१ र बाजुरामा बाजुरमा ३०.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

काठमाडौँ उपत्यकाको हकमा ललितपुर र भक्तपुरमा बढी वर्षा भएको छ । यी दुवै जिल्लामा ४.८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको रेकर्ड छ । यसै गरी काठमाडौँमा भने २.२ मिलिमिटर पानी परेको रेकर्ड छ ।

नेपालका धेरै ठाउँमा पानी र हिउँ पार्ने गरी सक्रिय पश्चिमी न्यून चापीय प्रणाली बुधवार रातिदेखि बाहिरिएको छ ।

मङ्गलवार साँझदेखि सक्रिय यो प्रणालीले सुदूरपश्चिमदेखि कोशी प्रदेशका पहाडी जिल्लासम्म हल्कादेखि मध्यम खालको वर्षा गराएको छ । उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि भारीसम्म हिमपात भएको छ ।

यस हिउँदे वर्षाले चिसो बढाएर जनजीवन प्रभावित भए पनि कृषि बालीलाई फाइदा हुने कृषि क्षेत्रका विज्ञहरु बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागका बरिष्ठ मौसमविद बरुण पौडेलले पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएकाले आजबाट देशका अधिकांश ठाउँमा मौसम सुधार हुने र घाम लाग्ने जानकारी दिए । तर कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा भने अझै हल्का हिमपात र वर्षाको सम्भावना रहेको उनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७