विप्लवका काठमाडौं-६ का उम्मेदवार ढकाल नेकपामा प्रवेश
काठमाडौँ : काठमाडौँ क्षेत्र नम्बर ६ बाट आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनी अधिवक्ता पनि हुन् ।
ढकाल पूर्वमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका अध्यक्ष थिए । उनीसँगै ‘विप्लव’ माओवादीको अखिल (समाजवादी) का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीसहित आठ जना केन्द्रीय सदस्य पनि प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पार्टी कार्यालय पेरिस डाँडामा उनीहरूलाई औपचारिक रूपमा स्वागत गरेका हुन् । ढकाल पछिल्लो समय ‘विप्लव’ र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का विश्वास पात्र थिए।
उनले पार्टी दर्ता, समानुपातिक बन्दसूची पेस गर्ने लगायतका महत्त्वपूर्ण कार्य सम्हालेका थिए।
.gif)

.png)

