पूर्वसचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी
काठमाडौँ : स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा. सङ्गीता मिश्रासँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी मागेको छ।
बुधबार न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पछि ठहरेबमोजिम धरौटीमा छाड्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
आयोगका अनुसार ठेक्का सम्झौता सर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदा झुट्टा बिल-बिजक, गलत प्रतिवेदन र भुक्तानी गरिएको थियो। यसबाट झण्डै १४ करोड रुपैयाँ बिगो भएको दाबी गरिएको छ ।
अभियोगअनुसार, आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयारीदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको थियो।
.gif)

.png)

