यी हुन् वैज्ञानिक महावीर पुनको प्रतिस्पर्धी, जनताको रोजाइमा पुन
पुनले ठुलो पाटीका उम्मेदवारहरू नेकपा (एमाले) बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका मगरसँग मुख्य प्रतिस्पर्धा गर्नु पर्ने
काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले बुधवार राजीनामा गरेर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका म्याग्दीबाट उम्मेदवारी दिएका छन् । विना दल स्वतन्त्र रूपमा उनले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका हुन् ।
वैज्ञानिक पुन नेपालीहरूको रोजाइमा पर्ने गर्छ । बौद्धिक व्यक्तित्व भएकाले उनलाई म्याग्दीका जनताले रुचाएको उनको भनाई छ । चुनाव जित्ने सम्भावना कस्तो छ भनेर नयाँपेजले गरेको प्रश्नमा उनले सहज रूपमा आफूले बहुमत ल्याउने बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा उनी सहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमा पुन र अन्य एक जना स्वतन्त्र छन् भने बाँकी राजनीतिक दलबाट सहभागिता जनाएका हुन् ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी घर भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले ठुलो पाटीका उम्मेदवारहरू नेकपा (एमाले) बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका मगरसँग मुख्य प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
आगामी निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएका छन् ।
.gif)

.png)



