सरकारलाई महावीर पुनको आग्रह : नातावाद र चाकरीवाद अन्त्य गर्नू


२०८२ चैत २५ बुधबार १६:१९ बजे

काठमाडौँ : प्रतिनिधि सभा सदस्य महावीर पुनले सरकार र राजनीतिक दलहरूलाई नातावाद, कृपावाद र चाकरीवाद अन्त्य गर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालमा लामो समयदेखि यस्ता प्रवृत्तिहरूले जरा गाडेको उल्लेख गरे। उनका अनुसार नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद नेपाली समाज र राजनीतिमा गहिरो रूपमा स्थापित भएका छन्।

उनले भने, ‘यो भाइरस नेपाल एकीकरणपछिको कालखण्डदेखि सुरु भई विभिन्न राजनीतिक परिवर्तन राणा शासन, २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६३ सालको आन्दोलनपछि पनि समाप्त हुन सकेको छैन। यो प्रवृत्तिले अझैसम्म पनि देशलाई छोडेको छैन।’

नयाँ सरकार र नयाँ सांसदहरू समेत यस प्रवृत्तिबाट मुक्त हुन नसकेको उनको भनाइ थियो।

उनले थपे, ‘अबदेखि कुनै पनि नेता वा मन्त्रीले आफ्ना नातागोता, आफन्त वा इष्टमित्रलाई लाभ हुने पदमा नियुक्ति गरेको खबर सुन्न नपरोस्। यस्तो कार्य जारी रहेमा अन्ततः घाटा राजनीतिक दल र नेताहरूकै हुनेछ।’

सरकार सञ्चालनमा जनताको समर्थन कायम राख्न पारदर्शिता र योग्यतामा आधारित नियुक्ति प्रणाली आवश्यक रहेको उनले बताए। 

साथै, नेपालको आर्थिक विकासका लागि विज्ञान तथा प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका लागि छुट्टै कोष स्थापना गर्नुपर्ने तथा बलियो मन्त्रालय गठन आवश्यक रहेको उनको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७