ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाटबजार’ ५०औँ हप्ता पूरा
काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीका उत्पादनको बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको 'ग्लोबल हाटबजार'ले ५०औँ हप्ता पूरा गरेको छ।
बैंकले लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सन् २०२४ नोभेम्बर ६ बाट ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो। बैंकले शुक्रबार ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश गरेको अवसरमा आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको हो .
‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले लघु, साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका वस्तुलाई बजारसम्म पहुँच विस्तार गराउने उद्देश्यले काठमाडौँको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ ।
हाटबजारको ५०औँ हप्ताको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले साना तथा मझौला उद्यमहरूले भोग्दै आएको बजारीकरणसम्बन्धी समस्याबाट राहत दिने प्रयास स्वरूप बैंकले सञ्चालन गरेको यस हाटबजारमा खाद्य उत्पादक, किसान, हस्तकला उत्पादक तथा दिगो लघु, साना र मझौला उद्यमीहरूले आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्न सहज भएको बताए ।
उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजार पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न तथा कृषकलाई आफ्ना उत्पादनको उचित मूल्य दिलाउन सहयोगी भूमिका खेलेको बताए ।
साथै, उनले हाटबजारले अर्ग्यानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरणमा सहजीकरण गरेको र नेपाली उत्पादकहरूलाई हौसला प्रदान गरेको उल्लेख गरे ।
'हामीले सिम्बोलिक अभियानका रूपमा सञ्चालन गरेको हाटबजार उद्यमी तथा खरिदकर्ताको समर्थन र विश्वासका कारण ५०औँ हप्तासम्म आइपुगेको छ र यो निरन्तर सञ्चालन भइरहनेछ,' उनले भने । साथै, भविष्यमा यस हाटबजारलाई अझ विस्तार र व्यापक बनाउँदै हजारौँ हाटबजारको उत्सव मनाउन सकिने विश्वास पनि उनले व्यक्त गरे ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै केवल कर्जा प्रवाहमा मात्र केन्द्रित नभई उद्यमीहरूको चौतर्फी विकास र व्यावसायिक सीप अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी पनि दिए ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाबाट फरक-फरक विधामा सम्मानित हुँदै आएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर लगायतका सम्मानजनक अवार्ड प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायतका देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै बैंकले नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ।
.gif)

.png)

