बद्री पंगेनीले कम्मरमा पछ्यौरी बेरिदिए, ज्योतिले भनिन्- आजदेखि म कुमारी रहिन 


२०८२ पौष १६ बुधबार १२:१० बजे

काठमाडौं : गायिका ज्योति मगर बेला बेलामा चर्चामा आइरहन्छिन् । आफ्नो बोल्ड अबतारका साथ स्टेजमा दिने उनको प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन त दिन्छ नै, उनको लवाई र प्रस्तुतले सधैँ चर्चा पाउँछ । 

त्यो सँगै ज्योतिलाई चर्चा र विादमा तान्ने अर्को कुरा हो, उनको द्विअर्थी अभिव्यक्ति । 

दर्शकलाई उत्साहित बनाउन ज्योति कुनै पनि कुरालाई यसरी प्रस्तुत गर्छिन् कि त्यसको अर्थ जता पनि लगाउन सकिन्छ । 

हालै बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी मेलाको मञ्चमा देखिएको एउटा दृश्य र ज्योतिको प्रस्तुतीले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

बुटवलको उक्त मेलामा ज्योति मगर आफ्नो ‘बोल्ड’ अन्दाजमा दर्शकलाई आफ्ना कुरा भन्दै थिइन् । सोही क्रममा गायक बद्री पंगेनी अचानक एउटा पछ्यौरी लिएर स्टेजमा पुगे । उनले दर्शकदीर्घाको ध्यान तान्दै ज्योतिको कम्मरमा त्यो पछ्यौरी बेरिदिए ।

पछ्यौरी बेरिदिएपछि बद्री पंगेनीले कुनै प्रतिक्रिया दिएनन् र उनी मौन रहँदै स्टेजबाट बाहिरिए ।

तर त्यसपछिको ज्योतिको जवाफले भने त्यहाँ उपस्थित दर्शकलाई मौन रहन दिएन । पछ्यौरी बेरिएलगत्तै ज्योतिले माइकबाटै भनिन्, ‘दाइले यत्ति भएपनि छुन पाउनुभो है, नत्र अहिलेसम्म कुनै केटाले छोको थिएन है फेरि। यति भएसी आजदेखि म कुमारी रहिन कि जस्तो लाग्यो मलाई।’

ज्योतिको यो द्विअर्थी कुराले हुटिङ गर्नेको लहर नै चल्यो । ज्योतिको यो भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भिडियो क्लिप्सहरू भाइरल भइरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७