शितगंगामा वेवारिसे हातहतियार र विष्फोटक पदार्थ बरामद
काठमाडौँ : अर्घाखाँचीको शितगंगा नगरपालिकामा वेवारिसे अवस्थामा विभिन्न प्रकारका हातहतियार तथा विष्फोटक पदार्थ फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीको कमान्डमा खटिएको गस्ती टोलीले शितगंगा नगरपालिका–११ बोक्सेमा ती सामग्री बरामद गरेको हो ।
ग्रामीण गस्तीका क्रममा बोक्सेमा रहेको पुरानो, कोही नबस्ने गोठ भित्रबाट दुई थान भरुवा बन्दुक, १४ थान ग्रिनेट, १२ थान डेटोनेटर, २५ इन्च लामो प्लास्टिक पाइपबाट बनेका लन्चरजस्ता देखिने तीन थान पदार्थ, पाँच लिटरको प्रेसर कुकर बम एक थान, स्टिलको डल्लु बम एक थान, चार बण्डल बिजुलीको तार र करिब ५०० ग्राम बारुद फेला परेको डिएसपी जिसीले जानकारी दिए।
भरुवा बन्दुक दुई थान बाहेक अन्य विष्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा निष्क्रिय गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
.gif)

.png)

