चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न प्रचण्डको अनुरोध


२०८२ पौष १० बिहीबार १९:४६ बजे

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनसँगै तराई-मधेशमा शीत लहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको बताएका छन् । 

संयोजक दाहालले बिहीबार एक अपिल जारी गर्दै चिसोका कारण खास गरी समाजका गरिब तथा सीमान्तकृत वर्गका जनता बढी पीडित भएका बताउँदै उनीहरूलाई तत्काल सहयोग पुर्‍याउन सम्बद्ध सबैमा अनुरोध गरेका छन् ।

उनले मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्यका लागि तीन वटै तहका सरकारसँग अपिल गर्नुका साथै प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहतलगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउन पार्टीका सम्बन्धित सबै समितिहरूलाई निर्देशन दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७