भीम रावलसँगै अशोक राईको जसपा नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्न तयार
काठमाडौं । जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबिच एकता हुने भएको छ ।
अशोक राई नेतृत्वको पार्टीले हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषद्लाई जिम्मेवारीसमेत प्रदान गरेको केन्द्रीय सदस्य सोनाम लामाले जानकारी दिए ।
दुवै पार्टीका नेताहरूबिच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो ।
दुवै पक्ष सैद्धान्तिक विषयमा सहमत भएपछि केही नेताहरू व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाइने र केही दिनभित्र एकताको घोषणा गरिने लामाले बताए ।
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान पनि नेपाली कम्युनिष्ट पार्टीसँग एकताको चरणमा छ । दुई पार्टीबीच यही कात्तिक २६ गते एकता हुने बताइएको छ ।
नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायत दश वामपन्थी दलले गत बुधबार एकता गरेपछि गठन भएको उक्त पार्टीले चुनाव अगाडि वाम शक्ति ध्रुवीकरण गर्ने जनाएको छ ।
छिट्टै सातै प्रदेशमा एकता सभा गर्ने तयारी समेत गरेको छ ।
.gif)

.png)

