रामअशिष यादव मधेश प्रदेश सभाभुखमा निर्वाचित


२०८२ पौष ६ आइतबार १६:४५ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव मधेश प्रदेशको सभाभुखमा निर्वाचित भएका छन् । आइतबार प्रदेशसभामा भएको मतदानमा यादवले बहुमत पाए ।

प्रदेशसभा बैठकमा कुल ९६ जना सदस्य उपस्थित थिए। यादवले ७२ मत पाएका थिए भने २४ जनाले विपक्षमा मतदान गरेका थिए ।

पहिलो प्रस्तावमाथि मत विभाजन भएपछि यादव निर्वाचित भएका कारण नेकपा एमालेका त्रिलोकी प्रसादलाई सभामुख बनाउन दर्ता भएको प्रस्ताव स्वतः खारेज भएको थियो ।

निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्य हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७