इन्स्पेक्टर विशाल मल्ल मधेश प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
जनकपुरधाम : इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल २०८३ साल असार महिनाका लागि मधेश प्रदेशको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित भएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयले लागू गरेको ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ अनुसार उत्कृष्ट कार्यसम्पादनका आधारमा इन्स्पेक्टर मल्ललाई उक्त सम्मान प्रदान गरिएको हो। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले आयोजित कार्यक्रममा मल्ललाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई र शुभकामना व्यक्त गरे।
प्रदेश प्रहरी कार्यालयका अनुसार मल्लले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा कार्यरत रहँदा अपराध नियन्त्रण, शान्ति–सुरक्षा सुदृढीकरण, अनुसन्धानलाई प्रभावकारी बनाउने तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
सोही कार्यसम्पादनको मूल्यांकन गर्दै उनलाई असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरिएको हो। प्रदेश प्रहरी कार्यालयले यस्तो सम्मानबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीमा थप जिम्मेवारीबोध, सेवा–भाव र कार्यप्रेरणा अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।
.gif)

.png)

