नेकपा एमालेको सचिवालय बैठक सुरू


२०८२ असोज १२ आइतबार १३:५८ बजे

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएको नेकपा एमालेका एक नेताले जानकारी दिए ।

जेनजी आन्दोलन र सत्ता पलटपछि पहिलो पटक बसेको एमालेको यो औपचारिक बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ । बैठकमा जेन जी संघर्ष, भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको रोडम्यापबारे छलफल हुने बताइएको छ ।

जेनजी आन्दोलनले जबरजस्त स्थापित गरेको युवा नेतृत्वको आवाज, दलहरूमा सुरू भएको पुनर्गठन र रूपान्तरणको विषयले एमालेको बैठकमा पनि प्रवेश पाउने बताइएको छ ।

आइतबारको बैठकले गोदावरीमा सम्पन्न विधान महाधिवेशन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा पनि गरिने ती नेताले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७