साफ क्लब महिला च्याम्पियनसिप : एपिएफ बराबरीमा रोकियो
काठमाडौँ : साफ क्लब महिला च्याम्पियनसिप घरेलु टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब र भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपिएफ र ट्रान्सपोर्टबीच भएको खेल गोलरहित बराबरीमा समाप्त भएको हो ।
यो एपीएफको दोस्रो खेल हो । एपीएफले पहिलो खेलमा नस्रिनलाई ४–० ले हराएको थियो । ट्रान्सपोर्टले पहिलो खेलमा कराचीसँग गोलरहित बराबरी र दोस्रोमा इस्ट बङ्गालसँग ४-० को हार व्यहोरेको थियो ।
.gif)

.png)

