मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त


२०८२ मङ्सिर १९ शुक्रबार १७:१८ बजे

काठमाडौँ : मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यादव सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका ७७ सांसदको समर्थनमा उनी नियुक्त भएका हुन्।

एमालेका सरोज कुमार यादवले गत मङ्सिर १७ गते राजीनामा दिएपछि उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका थिए।

गत कार्तिक २३ गते राति एमालेका यादवलाई संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्दा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। 

सर्वोच्च अदालतले मङ्सिर १५ गते २४ घण्टाभित्र तत्कालीन सरकारलाई विश्वासको मत लिन वा लिन नसके उपधारा २ अनुसार अर्को सरकार गठन गर्न आदेश दिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७