नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ


२०८२ मङ्सिर १७ बुधबार १४:१६ बजे

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनलाई नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ।

अख्तियारले क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डसँग सम्बन्धित भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीअन्तर्गत पक्राउ गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरूलाई हाल म्याद थपका लागि विशेष अदालत लगिएको छ।

अधिकारी विदेश प्रस्थान गर्ने तयारीमा रहेको अवस्थामा आयोगको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ। टोलीको नेतृत्व नेपाल प्रहरीका एसपी मोहन थापाले गरेका थिए। पोखरा र भैरहवामा बनेका विमानस्थलमा भएको भनिएको अनियमितता सम्बन्धी छुट्टै मुद्दामा पनि अधिकारीमाथि अनुसन्धान जारी छ।

नलिन्चोक हेलिपोर्टमा करिब १३ करोड रुपैयाँ भ्रष्टाचार भएको आरोपसम्बन्धी प्रारम्भिक अनुसन्धानमा अधिकारीको संलग्नता देखिएको आयोग स्रोतले जनाएको छ। स्रोतका अनुसार, अधिकारीले पछिल्ला दिनमा अख्तियारमा जारी अनुसन्धान रोक्न प्रयास गर्दै निकै व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए।

अधिकारीले विगतमा पनि विभिन्न सरकार तथा राजनीतिक व्यक्तिहरूलाई प्रभावमा पारेर अनुसन्धान रोक्ने प्रयास गरेको आरोप उजुरीदाताहरूले गर्दै आएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७