नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित


२०८२ मङ्सिर १६ मंगलबार ११:३५ बजे

भोजपुर : समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । 

सोमबार यहाँ आयोजित एक कार्यक्रममा १०३ वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । त्यस अवसरमा उनीहरूलाई वडा कार्यालयले सम्मानपत्र र न्याना कपडा पनि प्रदान गरेको थियोे ।

कार्यक्रममा कोसी प्रदेशका सांसद विनोद वान्तवाले ज्येष्ठ नागरिकको स्याहारसुसार, स्वास्थ्योपचार, सुरक्षा तथा अधिकार संरक्षणमा सबै तहका निकायले गम्भीर हुनुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव भएकाले भावी पुस्तालाई संस्कार सिकाउन पनि कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष हर्कराज राईले ज्येष्ठ नागरिकको सम्मान गर्नु वडाका साथै वडावासीको कर्तव्य हो भने ।

सम्मानितहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै लुङ्गिनका बोमप्रसाद राईले आफूहरूको श्रमको सम्मान गरेकामा वडाप्रति कृतज्ञता ज्ञापन गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७