सरकार चुनावमा केन्द्रित नभएको भन्दै भीम रावलले जनाए आपत्ति
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले अन्तरिम सरकारले निर्वाचनको तयारी नगरी दीर्घकालीन प्रकृतिका सम्झौतामा अघि बढेको भन्दै आपत्ति जनाएका छन्।
धनगढीमा आयोजित एकता सन्देश सभामा शुक्रबार सम्बोधन गर्दै रावलले भने, 'यो सरकारले कतिपय असमान सन्धि-सम्झौताहरू गर्ने, भारतसँग विद्युत्को महसुल बढी तिर्ने गरी सम्झौता गर्ने जस्ता कुरा हामीले सुनेका छौँ । राष्ट्रिय स्वाधीनताको विरुद्ध भएका सन्धि-सम्झौता सुदूरपश्चिमका जनतालाई सह्य छैन।'
उनले निर्वाचन निष्पक्ष र भयरहित बनाउन बाहिर रहेका गोलीगठ्ठा समूहलाई सरकारले नियन्त्रणमा लिनुपर्ने बताए । साथै, 'जेनजी' विद्रोहको मागमा नेपाली कम्युनिस्ट पार्टीको समर्थन रहेको उनले बताए ।
.gif)

.png)

