हिउँमा फसेका पाँच प्रहरीको उद्धार, उपचारका लागि सुर्खेत रेफर


२०८२ कार्तिक २८ शुक्रबार १६:४४ बजे

काठमाडौँ : उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आज डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट उद्धार गरिएको हो । उद्धार हुनेमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिष्ठ हवलदार मणिराज जोशी, प्रहरी हवलदार जनकबहादुर कार्की, प्रहरी जवान नवराज भट्ट र प्रहरी जवान नरेन्द्र भट्ट रहेका छन् ।

उद्धार गरिएका पाँचै जना शे-फोक्सुन्डो गाउँपालिका–१ निजालगुम्बास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत थिए ।

नाम्दोबाट धो हुँदै दुनै पुग्ने भनेर हिँडेको करिब ३६ घण्टामा हिउँ र अत्यधिक चिसोले हिँड्न नसक्ने अवस्था आएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।

पाँचै जनालाई हेलिकप्टरबाट सदरमुकाम दुनै झारेर सामान्य जाँचपछि थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले उनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७