दुर्गा प्रसाईंका प्रतिनिधिसँग वार्ता गर्दै गृह मन्त्रालय


२०८२ कार्तिक २६ बुधबार १०:३९ बजे

काठमाडौं : सरकार र दुर्गा प्रसाईं समूहबीच आज वार्ता हुँदै छ । 

गृह मन्त्रालयमा हुने वार्तामा प्रसाईंको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी हुँदैछन् ।

मंसिर ७ गतेदेखि आन्दोलन गरेका दुर्गा प्रसाईंको समूहलाई सरकारले वार्तामा बोलाएको हो । आजको वार्तामा प्रसाईं भने सहभागी नहुने भएका छन् ।

उनी प्रधानमन्त्रीस्तरीय वार्तामा बस्ने प्रसाईं समूहका एक सदस्यले बताए ।

प्रसाईंले ७ मंसिरबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । आन्दोलनमा उनले नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेका छन् । 

यसअघि गत १५ चैतमा पनि प्रसाईंको नेतृत्वमा तीनकुनेमा आन्दोलन भएको थियो । आन्दोलन हिंसात्मक बन्दा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

प्रसाईं नेतृत्वको आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै प्रसाईं र उनको समूहमा रहेकाहरुमाथि निगरानी बढाइएको सुरक्षा अधिकारीहरु बताउँछन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७