दक्षिण कोरियामा ट्रकले ठक्कर दिँदा नेपाली विद्यार्थीको मृत्यु


२०८२ कार्तिक २६ बुधबार १०:२७ बजे

काठमाडौं । झापाकी २२ वर्षीया मनीषा दाहालको दक्षिण कोरियामा ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ । 

दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावासका अनुसार ओन्जु सहरमा सडक पार गर्ने क्रममा मनीषालाई शनिबार ट्रकले ठक्कर दिएको हो।

गम्भीर घाइते अवस्थामा त्यहाँको वनजु सेब्रान्स क्रिस्चियन अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा आइतबार उनको मृत्यु भएको हो। 

मनीषा एक वर्षअघि दक्षिण कोरियाको फार इस्ट युनिभर्सिटीमा अध्ययन गर्न गएकी थिइन्।

दुर्घटनामा उनको निधन भएपछि शव नेपाल पठाउने प्रक्रिया अहिले अघि बढाइएको छ।

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले ट्रक चालकले गल्ती स्वीकार गरेको र सम्बन्धित निकायसँग कानुनी तथा अन्य सहयोगका लागि छलफल भइरहेको जानकारी दिएकी छन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७