नि:शुल्क छात्रवृत्ति १० प्रतिशत अनिवार्य गर्न शिक्षामन्त्रीको निर्देशन


२०८२ कार्तिक २४ सोमबार १९:४६ बजे

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका निजी (संस्थागत) विद्यालयलाई कम्तीमा १० प्रतिशत विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका छन् । 

मन्त्री पुनका अनुसार शिक्षा ऐन एवं नियमावलीअनुसार संस्थागत विद्यालयले जेहेन्दार, विपन्न, अपाङ्ग, महिला, दलित, जनजाति, जनआन्दोलन तथा मधेश आन्दोलनका घाइते, बेपत्ता तथा शहीद परिवारका सन्ततिले छात्रवृत्ति प्राप्त गर्ने व्यवस्था छ । 

‘सो नियमअनुसार छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको नामावली संकलन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरमा पेश गर्न निर्देशन दिएको छु,’ मन्त्री पुनले भने । 

उनले कुनै विद्यालयले नियमअनुसार छात्रवृत्ति नदिएको पाइएको खण्डमा तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७