आफूले भाग लिन नपाए निर्वाचन नहुने रेशमलाल चौधरीको दाबी


२०८२ कार्तिक १४ शुक्रबार १६:४७ बजे

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो चुनाव हुन नदिने चेतावनी दिए ।

चौधरीले आफूहरू थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले पनि निर्वाचनमा भाग लिन रोक्न नहुने जिकिर गरे । कुनै पनि समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन हुनै नसक्ने उनको भनाइ छ ।

'अहिले चुनाव लड्न दिन्न भन्छन् । नेता हुन्न दिन्न भन्छन् । देश परिवर्तन गर्ने हामी । संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी । कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ?,' उनले भने, 'रेशम थारु, लक्ष्मण थारु, धनिराम थारुले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु-फेरि यो देशमा चुनाव हुँदैन । के को चुनाव हुन्छ ? सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ?'

संरक्षक चौधरीले जेनजी आन्दोलन आम नागरिकको विद्रोह भएको दाबी समेत गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७