नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमाथि दुर्व्यवहार : सिसिटिभीबाट संलग्नको खोजी गरिँदै


२०८२ कार्तिक ३ सोमबार २०:३२ बजे

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि सोमबार साँझ दुर्व्यवहार भएको छ।

उनी सातदोबाटोस्थित घर फर्किने क्रममा केही अज्ञात व्यक्तिहरूको दुर्व्यवहारमा परेका हुन् । घटना लगत्तै उनले प्रहरीसमक्ष उजुरी दिएका छन्।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार घटनाबारे अनुसन्धान थालिएको छ।

'अहिले घटनास्थल आसपास रहेका सिसिटीभी क्यामेराको सहायताले दुर्व्यवहारमा संलग्न व्यक्तिहरुको पहिचानको प्रयास भइरहेको छ,' बोगटीले भने ।

हालसम्म घटनामा संलग्न व्यक्तिहरु पहिचान हुन बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७