गाजा संकट : हमासले भन्यो, ‘२० मात्र बन्धक जिउँदै छन्’


२०८२ असोज २६ आइतबार १६:२२ बजे

काठमाडौं : हमासले आफूसँग २० बन्धक जीवित रहेको पुष्टि गरेको छ । आइतबार हमासले जीवित रहेका २० बन्धकलाई हस्तान्तरण गर्न तयार रहेको बताएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

हमासले अरब मध्यस्थकर्ताहरूमार्फत जीवित २० बन्धकलाई रिहा गर्न तयार रहेको सन्देश इजरायललाई पठाइएको रिपोर्टमा उल्लेख छ । हमासले आइतबार मध्यरातअघि जीवित बन्धकलाई रिहा गर्ने विश्वास गरिएको छ ।

इजरायलले पहिलेदेखि नै २० जना बन्धक जीवित रहेको र अन्य दुई जनाको अवस्था अज्ञात रहेको बताउँदै आएको थियो । २६ जनाको मृत्यु भइसकेको इजरायलको विश्वास छ । तर, हमासले यसबारे कुनै जानकारी दिएको थिएन ।

अन्तर्राष्ट्रिय रेड क्रस कमिटीका प्रतिनिधिलाई बन्धक हस्तान्तरणको तयारीका लागि हमासले जीवित बन्धकलाई भेला गर्न थालेको छ बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७