आज कहाँ कहाँ छ सडक अवरुद्ध ?


२०८२ असोज २२ बुधबार १०:१६ बजे

काठमाडौं । असोज १८ र १९ गतेको अविरल वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध भएका छन् ।

प्रहरीले आज जारी गरेको बुलेटिन अनुसार आज विभिन्न सडक सात ठाउँमा पूर्णरूपमा अवरुद्ध छ भने पाँच स्थानमा एकतर्फी खुला छ ।

संखुवासभाको भोटखोला र मकालुमा कोसी राजमार्ग, इलामको इलाम नगरपालिका-९ मा मेची राजमार्ग, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका-११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ। 

त्यसैगरि सिन्धुलीको सुनकोसी गाउँपालिका-१ नेपालथोकमा पनि पहिरोले सडक अवरुद्ध अवस्थामा छ। 

त्यसैगरि आज धनकुटाको पाख्रिवास नगरपालिका-५ मा मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँघुरीगढी गाउँपालिकामा कोसी लोकमार्गमा एकतर्फी गाडी चलेका छन्। 

त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका-८ बगुवा खोलास्थित कान्ती लोकपथ, मकवानपुरकै बकैया गाउँपालिका-११ घट्टेपाखामा पनि सवारी साधन एकतर्फी गुडिरहेका छन्। 

सिन्धुलीको मरिण गाउँपालिका-२ सिन्दुरेस्थित मदन भण्डारी राजमार्ग पनि आज एकतर्फी बन्द भएको छ। 

एकतर्फी बन्द भएका सडकमा चापमा गाडी चरिहेका प्रहरीले जनाएको छ। 

कुन राजमार्ग कहाँकहाँ छ अबरुद्ध ?

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७