भाटभटेनी पुनर्निर्माणमा सहयोग गर्ने अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको प्रस्ताव


२०८२ असोज ६ सोमबार ०८:५० बजे

काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेर क्षति पुर्‍याएको भाटभटेनी सुपरमार्केटको पुनर्निर्माणमा सहयोग गर्ने प्रस्ताव गरेको छ।

आइतबार क्षतिग्रस्त बालुवाटारस्थित भाटभटेनीको गोदाममा भएको भेटमा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपाल (आईसीसी नेपाल) का अध्यक्ष राजेशकाजी श्रेष्ठले भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलाई नेपालमै उत्पादन हुने छड, सिमेन्ट, टायल, रंग–रोगनलगायत निर्माण सामग्री फ्याक्ट्री मूल्यमा उपलब्ध गराउन व्यवसायीहरुसँग पहल गर्ने आश्वासन दिएका थिए।

श्रेष्ठले यस्तो विपद्‌मा उद्योग–व्यवसायले आ–आफ्नो उत्पादनमार्फत सहयोग गर्नुपर्ने र उदारता देखाउनु पर्ने समय आएको बताए।

‘दुखद समयमा सहयोग गर्ने हाम्रो परम्परा भएकाले सबै व्यवसायीले साथ दिनुपर्छ,’ उनले भने।

त्यस्तै उनले बैंक तथा बीमा कम्पनीलाई पनि भाटभटेनीको पुनर्निर्माणका लागि बिमाको सेटलमेन्ट र आवश्यक वित्तीय प्रक्रिया छिटो सम्पन्न गर्न आग्रह गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७