स्वास्थ्य मन्त्रालयको काम अब अनुसन्धान परिषद्को भवनबाट


२०८२ भदौ २८ शनिबार २०:४६ बजे

काठमाडौं : जेनजीको आन्दोलनको क्रममा स्वास्थ्य मन्त्रालयमा आगजनी भएको हुँदा अब मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सेवा दिने तयारी गरेको छ ।

आइतबार सबै कर्मचारीलाई उपस्थित गराई काम सुरु गर्न लागेको स्वास्थ्य मन्त्रलयले जनाएको छ । क्षतिग्रस्त भवनलाई पहिला सरसफाई गरी मन्त्रालयमा सुरक्षित रहेका कागजात एवम सामानहरुको संकलन गर्ने काम हाल कर्मचारीहरुले गरिहरेका छन् । 

स्वास्थ्य अनुसन्धान परिषद्को भवन हालको मन्त्रालय भवनको पछाडिपट्टि छ । त्यहीबाट स्वास्थ्य मन्त्रालयको कामकारबाही गर्ने गरी तयारी भइरहेको मन्त्रालयले जनाएको छ । 

परिषद्को दुईवटा भवनमध्ये नयाँ भवन सन्चालनमा आएको छैन । पुरानो भवनमा केही कोठाहरु लिएर काम सुरु गर्ने मन्त्रालयका कर्मचारीहरुले गरिरहेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७