५ दिनमै किन फेरियो रञ्जिताको बोली ?


२०८२ भदौ २८ शनिबार २०:२५ बजे

काठमाडौँ : जेनजीको आन्दोलनको क्रममा गत मंगलबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रन्जिता श्रेष्ठले सरकारले दमन गरेको भन्दै संसदका कुर्सीमा बस्तु अपराध भनेकी थिइन् । 

जेनजी प्रदर्शनमा ज्यान गुमाएका युवाहरूको पक्षमा श्रेष्ठले सांसद पद त्याग गर्ने आशयसहित फेसबुक स्टाटस पोष्ट गर्दै संसद भएर कुर्सीमा बसिरहनु पद नभएर अपराध सो सरह हुने बताएकी थिइन् ।

उनले फेसबुकमा भनिन्,‘‘देश यत्रतत्र संकटमा छ, युवाहरूको रगत सडकमा बगिरहेको छ, जनताको आवाज दबाइएको छ। यस्ता क्षणमा सांसद भएर कुर्सीमा बसिरहनु मेरो लागि पद होइन अपराध सरह लाग्छ। मेरो नैतिकता, मेरो आत्मा, मेरो विवेकले मलाई चुपचाप बस्न अनुमति दिन्न ।’

पछिल्लो माहोल रञ्जिताको मागझै अघि बढ्दै गयो । शनिबार राति राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका थिए । तर, शनिबार रञ्जिताले ८ दलको संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै विघटित प्रतिनिधि बैठक बोलाउन माग गरेकी छिन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एसलगायत ८ दलले संयुक्तरुपमा विघटित संसद् बैठक बोलाउन माग गर्दा नाउपाबाट रञ्जिताले पनि हस्ताक्षर गरेकी छन्।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरेका थिए । जसलाई असंवैधानिक भन्दै नाउपाकी अध्यक्ष श्रष्ठले अन्य ८ दलसँग मिलेर संसद् बैठक बोलाउन माग गरेकी हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७