प्रतिनिधिसभा विघटन असंवैधानिक : नेकपा एमाले


२०८२ भदौ २८ शनिबार १८:२८ बजे

काठमाडौँ : नेकपा (एमाले)ले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै आपत्ति जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार गरिएको प्रतिनिधि सभा विघटन घोषणाको संवैधानिक वैधता नरहेकोमा नेकपाए एमाले स्पष्ट रहेको एमाले महासचिव महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै एमाले महासचिव पोखरेलले प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र राजनीतिक जटिलताप्रति पार्टी गम्भीर रहेको बताएका छन् । 

राष्ट्रपतिले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै मुलुक नयाँ राजनीतिक प्रक्रियामा प्रवेश गरेको भए पनि सोही दिन गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको एमालेले जनाएको हो । 

एमाले महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी अदालतको सोही व्याख्या अनुसार सम्माननीय राष्ट्रपतिज्यूबाट गरिएको घोषणाको संवैधानिक वैधता नरहेकोमा स्पष्ट छ। तसर्थ, हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको यस घोषणाप्रति असहमत छ।’

त्यस्तै, भदौ २३ र २४ का घटनाबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने तथा भ्रष्टाचार अनुसन्धानका लागि छुट्टै आयोग बनाउनुपर्ने प्रस्तावमा भने पार्टी सहमत रहेको विज्ञप्तिमा उल्लेख छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७