संसदबाहिरबाट प्रधानमन्त्री नियुक्त र संसद विघटन दोस्रो राम्रो विकल्प : बाबुराम


२०८२ भदौ २८ शनिबार १०:३६ बजे

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद बाहिरबाट प्रधानमन्त्री नियुक्त गरेर उसैको सिफारिसमा संसद विघटन हुनु दोस्रो राम्रो विकल्प भएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै भट्टराईले नयाँ परिस्थितीमा सबैभन्दा उत्तम विकल्प भनेको संविधान संशोधन गरी नयाँ प्रधानमन्त्रीको नियुक्ति र त्यसपछि संसद् विघटन गरेर नयाँ निर्वाचनमा जानु रहेको बताएका छन् । 

तर, जेनजी आन्दोलनकारी नमानेपछि पहिले प्रधानमन्त्री नियुक्त गरेर संसद विघटन गर्नु दोस्रो उपयुक्त विकल्प भएको उल्लेख गरेका छन् ।

भट्टराईले भनेका छन्, ‘आन्दोलनकारीहरूले उक्त विकल्प नमानेपछि र पुराना राजनीतिक दलहरूले आलटाल गर्ने सम्भावना बढेपछि दोस्रो विकल्पको रूपमा राष्ट्रपतिले संसद्बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने र त्यसपछि सोही प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गरी नयाँ निर्वाचन घोषणा गर्ने विधि नै उत्तम रहेको छ।’

उनले आफूले पनि सम्बन्धित सबै पक्षलाई यही सुझाव दिएको बताए।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । कार्कीको सिफारिसबमोजिम राष्ट्रपतिले शुक्रबार राति नै संसद् (प्रतिनिधि सभा) विघटन पनि गरिसकेका छन्। 

अब प्रतिनिधि सभाका लागि फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरिएको छ।  

शुक्रबार साँझ भएको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री मध्ये भट्टराई मात्रै उपस्थित थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७