काठमाडौं उपत्यकाको निषेधाज्ञा र कर्फ्यु हट्यो, जनजीवन सामान्य

काठमाडौं । काठमाडौं उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु हटेको छ।
विगत ६ दिनदेखि नेपाली सेनाले दिउँसो निषेधाज्ञा र राति कर्फ्युको आदेश जारी गर्दै आएकोमा आज भने यससम्बन्धी कुनै सूचना जारी गरेको छैन ।
नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युको विषयमा जानकारी दिँदै आएको थियो।
निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ। काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु पनि आज बिहानदेखि हटेको छ।
जेनजी आन्दोलनको भावनाअनुसार गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य उन्मुख बन्न थालेको हो।