एमबापेको उत्कृष्ट गोलमा फ्रान्सद्वारा युक्रेन पराजित


२०८२ भदौ २१ शनिबार ०८:२८ बजे

काठमाडौं । युरोपेली विश्वकप छनोटमा फ्रान्सले विजयी सुरुआत गरेको छ । 

शनिबार भएको समूह ‘डी’ को खेलमा केयलिन एमबापेले खेलको अन्त्यतिर गरेको उत्कृष्ट गोलको मदतले फ्रान्सले युक्रेनलाई २–० ले पराजित गरेको हो । 

फ्रान्सका लागि पहिलो गोल भने मिचेल ओलिसले गरे ।त्यसपछि एमबापेले ८३ औं मिनेटमा दोस्रो गोल गरे । 

यससँगै उनले थिएरी हेनरीको नाममा रहेको फ्रान्सका लागि दोस्रो सर्वाधिक ५३ गोलको कीर्तिमान बराबरी गरेका छन् । फ्रान्सका लागि सबैभन्दा बढी गोलको कीर्तिमान ओलिभर गिरोडको नाममा छ ।

यसै समूहको अर्को खेलमा आइसल्यान्डले अजरबैजानलाई ५–० ले हरायो । समूह ‘सी’ मा ग्रिसले बेलारुसलाई ५–१ ले पराजित गर्‍यो भने डेनमार्क र स्टकल्यान्डले गोलरहित बराबरी खेले । यस्तै समूह ‘बी’ मा स्विटजरल्यान्डले कोसोभोलाई ४–० ले पन्छायो भने स्लोभानिया र स्विडेनबीचको खेल २–२ को बराबरीमा टुंगियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७