रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने तयारी


२०८२ भदौ २० शुक्रबार ०७:२९ बजे

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको सभापति बनाउने तयारी भएको छ । 

सो समितिको सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति पद रिक्त छ।

यसअघि राज्य व्यवस्था समितिका सभापति खतिवडा कुलिङ अफ रिरियड प्रकरणमा विवादमा आएपछि राजीनामा दिएका थिए ।

खतिवडालाई सभापति चयन गर्न संसदीय समितिका बैठक आज बस्दैछ। 

कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा शुक्रबार साँझ पाँच ३ बजे बस्नेगरी बैठक निर्धारण भएको छ। समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७