एमाले विधान महाधिवेशनमा फरक मतमाथि छलफल हुने


२०८२ भदौ १९ बिहीबार २०:५६ बजे

काठमाडौं : नेकपा (एमाले) को विधान महाधिवेशनमा फरक मत प्रस्तुत हुने भएको छ। शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने विधान महाधिवेशनमा पार्टीको दस्तावेजहरूसँगै नेता कर्ण थापाको फरक मत प्रस्तुत हुने भएको हो। 

बिहीबार बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले यसबारे जानकारी गराएका हुन् । अध्यक्ष केपी शर्मा ओलीको उद्घाटन भाषणपछि दस्तावेजहरु प्रस्तुत गर्ने र दस्तावेजमाथि छलफल हुने ज्ञवालीले बताए।  

थापाले आजै मात्रै पार्टी केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका थिए । उपमहासचिव ज्ञवालीले भने, ‘त्यसैगरी आज त्यहाँ केन्द्रीय कार्यालयमा आज दर्ता भएको कर्ण थापाको असहमतिको प्रस्ताव पनि भोलि नै, दस्तावेजहरू प्रस्तुत गर्ने कामहरू हुनेछन्।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७