सरकारले नर्थ कोरिया पो बनाउने भएछ : गोकुल बास्कोटा

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले विकृति अन्त गर्न सूचनामा बिर्को लगाउन नहुने भन्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले फेशबुकमा लेखेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि।’
सरकारले आजैबाट नेपालमा सूचीकरण नभएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्दैछ।