थापालाई उपरथीको दर्ज्यानी


२०८२ भदौ १८ बुधबार १४:१९ बजे

काठमाडौं : नेपाली सेनाको उपरथीमा बढुवा भएका सहायकरथी भोलानाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।  बुधबार जंगी अड्डामा विशेष समारोहबीच प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।  पदोन्नतिसँगै उपरथी थापाले निरीक्षणाधिकृतको जिम्मेवारी पाएका छन्। यस्तै प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई सहायक रथीमा बढुवा भएका छन्। पहाडीलाई पनि बुधबार नै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७