नक्कली भुटानी शरणार्थीको अन्तिम सुनुवाइ : न्यायाधीश कार्कीको इजलासमा पेसी


२०८२ भदौ १८ बुधबार १२:४५ बजे

काठमाडौं :  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ भइरहेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

यो प्रकरणमा ३३ जना प्रतिवादी छन् । यो मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो ।

पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसभासद् आङटावा शेर्पा तथा बिचौलियाहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भनिने गोविन्दकुमार चौधरी र सन्देश शर्मालाई उच्चले थुनामा राख्न आदेश गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७