बेइजिङमा सैन्य परेड जारी (लाइभ)
काठमाडौं : चीनको राजधानी बेइजिङमा सैन्य परेड सुरु भएको छ। चीनले यतिखेर बेइजिङको थिआनमेन स्क्वायरमा जापानी अतिक्रमणकारी युद्ध र विश्व फासिवादी युद्धमा प्राप्त विजयको अवसरमा ८० औं वार्षिकोत्सव मनाइरहेको छ । यही अवसरमा आयोजित सैन्य परेड समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उनलगायतसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्।
म्यानमारका सैनिक प्रमुख मिन आङ हलिङ, इरानी राष्ट्रपति मसाउद पेजेशकियन, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ, मङ्गोलियाली राष्ट्रपति खुरेलसुख उखना, उजबेकिस्तानका राष्ट्रपति शव्कत मिर्जियोयेभ र बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्का रहेका छन् । एससीओ शिखर सम्मेलन वा सम्बन्धित बैठकहरूमा सहभागी हुन चीन पुगेका अन्य नेताहरू पनि आजको परेडमा उपस्थित छन् ।