पुटिन र किमप्रति ट्रम्पको आक्रोश : उनीहरूले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्

‘चीनको विजयका लागि धेरैजना अमेरिकी मरे’


२०८२ भदौ १८ बुधबार ११:०५ बजे

न्युयोर्क : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिका विरुद्ध षड्यन्त्र गरीरहेको आरोप लगाएका छन् । 

चीनको ८०औँ विजय दिवसका अवसरमा सैन्य परेडमा  पुटिन र उत्तर  किम जोङ सहभागी भइरहेको बेला  ट्रम्पले ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेका छन्, ‘कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन भनिदिनुहोस्। उनीहरू दुवै अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्।’

चीनले चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासिस्टविरोधी युद्धको विजयको रुपमा ८०औँ वार्षिकोत्सव मनाइरहेको छ । यस अवसरमा बेइजिङमा भव्य सैन्य परेड आयोजना गरिएको छ । उक्त सैन्य परेडमा २६ देशका प्रमुखहरू सहभागी भएका छन् ।

ट्रम्पले राष्ट्रपति सीले चीनको स्वतन्त्रताका लागि अमेरिकाले कति समर्थन र रगत दियो भनेर उल्लेख गर्ने अपेक्षा पनि गरेका छन्।  उनले लेखेका छन्, ‘चीनको विजयका लागि धेरैजना अमेरिकी मरे। मलाई आशा छ, उनीहरूको बहादुरी र बलिदानका लागि उचित रूपमा सम्मान र सम्झना गरिनेछ।’

चिनियाँ राष्ट्रिपति सी चिनफिङ रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन लगायतका नेताहरूसँगै देखिएका थिए।  बिहान ६ : ४५ बजेदेखि सुरू भएको परेड साढे ८ बजेपछि सकिएको थियो।  हजारौं सैनिकहरुको परेडको सुरूमा राष्ट्रपति सीले सम्बोधन गरेका थिए।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७