देशभरि मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षाको सम्भावना


२०८२ भदौ १८ बुधबार ०७:२४ बजे

काठमाडौं :  आज (बुधबार) दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको छ। 

देशभरि मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। 

दिउँसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाको पूर्वानुमान
आज दिउँसो :  देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। 


आज राति :  कोसी प्रदेश र मधेस प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना छ।

कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराई र बागमती प्रदेशका पहाडका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७