विना कुनै सहमति डा. गोविन्द केसीले तोडे अनशन


२०८२ भदौ १७ मंगलबार १५:२० बजे

काठमाडौं :  विना कुनै सहमति डा. गोविन्द केसीले तीनदिने अनशन तोडेका छन् ।  चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको गेडा अस्पतालमा अनशनरत केसीले आज मंगलबार अनशन तोडेका हुन्। 

धनगढीको गेटा मेडिकल कलेजमा उपचाररत बिरामी प्रीतम चौधरीको हातबाट जुस पिएर मंगलबार दिउँसो २ बजे केसीले अनशन तोडेको उनका सहयोगी अमृत जैशीले जानकारी दिए ।

स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि अनशन तोडेको चौधरीको भनाई छ । अनशनरत अवस्थामा थप उपचार गर्न भने उनले इन्कार गरेका थिए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७