रास्वपा उम्मेदवार लेखजंग थापाको पत्रकार सम्मेलन किन भयो अचानक स्थगित ?


२०८२ भदौ १६ सोमबार १२:४७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि छनोट गरेका उम्मेदवार डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन अचानक स्थगित भएको छ । थापा बहुविवाह विवादमा तानिएपछि रास्वपाले उनलाई राखेर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेको हो ।

आज दिउँसो २ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । तर, अर्को समय तोकिएको भने छैन । रास्वपाले गत साउन ७ देखि भदौ ८ गतेसम्म रूपन्देही–३ को उपनिर्वाचनको लागि उम्मेदवार चयन प्रक्रिया चलाएको थियो ।

आइतबार मात्र डा लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको थियो । तर, उनलाई उम्मेदवार बनाउने घोषणापछि थापाले दुई विवाह गरेको विषय बाहिरिएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७