पाँच जना चढेको अटो खोलामा खस्यो : एक बालिकाको शव फेला, दुई जना बेपत्ता


२०८२ भदौ १६ सोमबार १६:४५ बजे

दार्चुला । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।

उक्त दुर्घटनामा अन्य दुईजना बेपत्ता भएका उनले बताए । होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको हो। प्रहरी निरीक्षक रावतका अनुसार, अटोरिक्सामा पाँच जना सवार थिए । चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक मनिरामका छोरा १७ वर्षीय आयुस सो दुर्घटनामा घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक रावतले बताए । बेपत्ताको खोजी गर्न धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७