दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्यो, तीन जना बेपत्ता 


२०८२ भदौ १६ सोमबार १५:१७ बजे

दार्चुला । दार्चुलाको नौगाडबाट गोकुलेश्वर जाँदै गरेको अटोरिक्सा नौगाड नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। नौगाड गाउँपालिका–५ सौकेबगर नजिकबाट म१ख ११४८ नम्बरको अटो नौगाड नदीमा खसेर तीन जना महिला बेपत्ता भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार तीन जना यात्रु अटोसहित नदीमा खसेर बेपत्ता भएका छन् । उद्धारको प्रयास भइरहेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले बताए ।

अटोचालक मनिराम भुल र उनका छोरा घाइते अवस्थामा रहेका छन्। अटोचालक सख्त घाइते भएकाले महिलाहरुसित अरु बच्चाहरू पनि हुन सक्ने अनुमान गरिएको छ। अटोचालक भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनका १७ वर्षीय छोरा आयुषको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। बेपत्ताहरूको पहिचान खुल्न सकेको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७