विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त, हेर्नुस् मन्त्रिपरिषद्का २४ निर्णय


२०८२ भदौ १६ सोमबार १७:२१ बजे

काठमाडौं । सरकारका प्रवक्त समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकको १३ गतेका निर्णय सार्वजनिक गरेका छन् । शुक्रबारको बैठकका निर्णयअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि चालू आवका लागि अधिकृत स्तरका ५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

सरकारले विशेष अदालतको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको छ । न्याय परिषद्को रायमा उनीहरुलाई सरकारले नियुक्त गरेको हो । यसअघिका विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर उच्च अदालत जनकपुरमा सरुवा भएपछि भट्टलाई अध्यक्ष बनाइएको हो ।

त्यस्तै सदस्यहरूमा उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश उमेश कोइरालालाई तोक्ने निर्णय गरेको हो ।

हेर्नुस् निर्णयहरू

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७