प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो ।
पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ गएका हुन् । त्यसक्रममा उच्चस्तरीय भेटवार्ता भइरहेका छन् ।